ऊर्जा

जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान

इकागज |
पुस २४, २०८१ बुधबार ११:१७ बजे

काठमाडौं- जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वार्षिक साधारण सभा माघ १५ गते बस्ने भएको छ । कम्पनीले २ आर्थिक वर्षको नवौं र दशौं वार्षिक साधारण सभा बोलाएको हो ।

सभा सेलिब्रेशन हाईट, सुकेधारा काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गर्ने छैन । यसर्थ, यो पटक पनि सेयरधनीको हात खाली हुनेछ । 


सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यस्तै, कम्पनीको रिक्त महिला १ सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ २ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।


Author

थप समाचार
x