ऊर्जा

पेट्रोलियम पदार्थको मूल्य

खाना पकाउने ग्यासको मूल्य ५० रुपैयाँ बढ्यो

डिजेट र मट्टितेलको मूल्य तीन रुपैयाँ महंगियो

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार २२:१५ बजे

फाइल फोटो

काठमाडौँ - पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ रुपैयाँ मूल्य वृद्धि गरिएको छ ।

निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १३३, डिजेल र मट्टीतेलको ११६/११६ रुपैयाँ कायम गरिएको छ ।


हवाई इन्धनको साविक बिक्री मूल्यमा १० रुपैयाँ वृद्धि गरेर आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ पुर्‍याइएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि ५० रुपैयाँले बढाएको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिन्डर १५ सय रुपैयाँ पुगेको छ । 


Author

थप समाचार
x