नयाँ वर्ष अवसर पारेर एफआरएलएससहितको पावर केबुल उत्पादन सुरु
काठमाडौँ- नयाँ वर्ष २०७९ को अवसर पारेर नेपाल केबुलले हाई भोल्टेज ग्रेडको एफआरएलएससहितको पावर केबुल उत्पादन सुरु गरेको छ ।
आयात कम गर्ने तथा आवश्यक वस्तु सकेसम्म स्वदेशमै उत्पादन गर्ने नीतिमा सघाउ पुर्याउन यस्तो योजना तीब्र पारेको नेपाल केबुल प्रतिष्ठानले जनाएको छ ।
उच्च भोल्टेज प्रवाह गर्ने वटारेको कालो तार (एविसी केबुल) र पोलबाट ग्राहकको घरमा लाईन लाने सर्विस तार (कन्सेन्ट्रिक केबुल) पनि तीन दशकदेखि उत्पादन गरेको प्रवन्ध सञ्चालक आशिष सिग्देलले बताए ।
तीस वर्ष पहिले नै उक्त व्यवस्थापनले नेपाल विद्युत प्राधिकरणलाई (नेविप्रा) पाँच देखि पन्ध्र भोल्टेज प्रवाह हुने उक्त सर्विस तार ५ रुपैयाँ ९३ पैसामा उपलब्ध गराई नेविप्राले ग्राहकलाई ६ रुपैयाँ लिई जडान गर्ने गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया