ऊर्जा

भारतबाट आयात हुने बिजुली आपूर्तिमा फेरि समस्या

इकागज |
बैशाख १४, २०७९ बुधबार १७:१८ बजे

काठमाडाैँ – नेपालले भारतबाट आयात हुने बिजुली आपूर्तिमा फेरि समस्या आएको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट आयात गर्ने बिजुली आपूर्तिमा फेरि समस्या आएको स्वीकार गरेका छन् ।


उनले भने, 'भारतको खुला बजारबाट प्रतिष्पर्धी दरमा नेपालले बिजुली नपाउने र बिहार राज्यबाट आउने बिजुली पनि रोकिएपछि नेपालमा मागअनुरूप बिजुली पुर्‍याउन समस्या भएको हाे।'

बिहारले पनि आफूलाई नपुगेको भन्दै बिजुली दिन नमानेपछि समस्या भएको घिसिङले बताए। प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।   


Author

थप समाचार
x