बरुण र ङादी ग्रुपले पाए अनुमति
एक अर्ब ३३ करोड रुपैयाँका हकप्रद शेयर निष्कासन हुने
काठमाडौं– विद्युत् नियमन आयोगले ङादी ग्रुप पावर लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।
आयोगले ङादी ग्रुपलाई १ अनुपात १.५ ले एक अर्ब ६ करोड ३ लाख ९८ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
यसैगरी आयोगले बरुण हाइड्रोपावरलाई कम्पनीको कूल चुक्ता पुँजीको एक अनुपात एक का दरले २६ करोड ७९ लाख ७ हजार पाँच सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको हो ।
ङादी ग्रुप पावरले सिउरी न्यादी पावर लि. को लागि गत कात्तिक ११ गते हकप्रद शयर निष्काशनको स्वीकृतिनिम्ति आयोगमा निवेदन दिएको थियो । त्यसैगरी वरुण हाइड्रोपावरले गत चैत १६ गते हक निवेदन दिएको थियो ।
आयोगले दुवै कम्पनीलाई हकप्रद शेयर निष्कासनको पूर्व अनुमति दिंदा विभिन्न शर्त पालना गर्नुपर्ने भनेको छ । आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्ने उल्लेख गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया