ऊर्जा

जापानी राजदूत र ऊर्जा मन्त्रीबीच भेटवार्ता

जल सम्मेलनमा सहभागिताको लागि आभार

इकागज |
बैशाख २६, २०७९ सोमबार १८:१९ बजे

काठमाडौँ- नेपालका लागि जापानका राजदूत  किकुता युताकाले  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेका छन्। राजदूत किकुतालेले आज भुषालको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका हुन्।

सो अवसरमा राजदूत किकुताले अप्रिल २३-२४ मा जापानमा भएको चौथो एशिया-प्यासिफिक जल सम्मेलनमा सहभागिताको लागि भुसाललाई धन्यवाद दिए। 


भेटमा राजदूत किकुताले नेपाल र जापान बीचको सम्बन्धको महत्वलाई प्रकाश पार्दै द्विपक्षीय सहयोगको लामो इतिहास विशेषगरी कुलेखानी जलविद्युत् आयोजना लगायतका ऊर्जा क्षेत्रमा सन् १९७० को दशकमा भएको उल्लेख गरे । राजदूतले जापान सरकारले हालै 'नेपालका लागि देश विकास सहयोग नीति' परिमार्जन गरेको र 'सन्तुलित र दिगो आर्थिक वृद्धिका लागि सहयोग' नीतिको प्रमुख लक्ष्यका आधारमा नेपालको राष्ट्रिय उपलब्धिमा जापानले सहयोग जारी राख्ने बताए ।

राजदूत किकुताले नीतिअनुरुप ऊर्जा र जल क्षेत्र, मानव संसाधन विकास, विपद् रोकथाम, गरिबी न्यूनीकरणलगायतका सामाजिक तथा आर्थिक पूर्वाधारको विकासमा जापानले सहयोग जारी राख्ने बताए । राजदूत किकुता र मन्त्री भुसालले नेपालको सामाजिक आर्थिक विकास र दुई देशबीचको सम्बन्ध अभिवृद्धिमा थप सहकार्य जारी राख्ने धारणा राखे ।

 


Author

थप समाचार
x