स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्छः उपाध्यक्ष ढकाल
फाइल फोटो
काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पर्याउन जरुरी रहेका बताए । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताए ।
उनले भने,‘ सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार ७५३ वटै स्थानीय तहहरुमा पुर्याउन जरुरी छ । अर्को स्वास्थ्यमा टेक्निकल जनशक्ति एमबीबीएस डाक्टर नभएपनि मानिसको मुटुको धड्कन छुट्याउनसक्ने स्वास्थ्य जनशक्ति आवश्यकता छ । स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरुको देशभित्र धेरै खाँचो छ । अवसर पाए वैदेशिक रोजगारीमा जाने सम्भावना पनि छ । त्यस्तो खालको जनशक्ति तयार गर्ने प्रणाली निरुत्साहित भएको छ । यसलाई राज्यले प्राथमिता दिनुपर्यो । स्वास्थ्य बीमामा केही कमजोरीहरु र सुधार गर्नुपर्ने विषयहरु छन् । स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्छ ।’
वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उद्देश्य पूरा हुनसक्ने दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया