उद्यम

नीरज मान सैंजु एनसीएचएलको डेप्युटी सिइओमा नियुक्त

इकागज |
मंसिर १६, २०८१ आइतबार १९:३६ बजे

काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेप्युटी सिइओमा नीरज मान सैंजु नियुक्त भएका छन् । सैंजुले नियुक्त भएकै दिनबाट कार्यभार सम्हाले थालेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सैंजु सँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा आबद्ध रही १५ वर्ष भन्दा लामो कार्य अनुभव रहेको छ भने उनले एमबिएस तथा एमबिए गरी डबल मास्टर्सको डिग्री हासिल गरेका छन । उनको अनुभव तथा कुशलताले एनसीएचएललाई नयाँ उचाँईमा लान महत्वपूर्ण योग्दान पुग्ने कुरामा कम्पनी विश्वास रहेको छ ।   



Author

थप समाचार
x