उद्यम

नेपालमा लिट्मसको एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु

इकागज |
मंसिर २८, २०८१ शुक्रबार १९:४२ बजे

लिट्मस इन्डस्ट्रीजले नेपालमा मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टर उत्पादन गरेको छ । २०,००० किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका अनुसार यी कन्डक्टरहरू ईएन५०३९७र ईज३९८–भीआईअन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षणजस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् ।


११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएका कम्पनीले जनाएको छ   ।

कम्पनीका अनुसार मिडियम भोल्टेज एक्सएलपीई कभर्ड कन्डक्टरको उत्पादनमा अग्रणी भूमिका निर्वाह गरेर, लिट्मस इन्डस्ट्रीजले नेपालको ऊर्जा पूर्वाधारलाई सुदृढ बनाउँदै देशलाई क्षेत्रीय ऊर्जा नवप्रवर्तनमा अग्रणी स्थानमा स्थापित गरेको छ । यो उपलब्धिले गुणस्तर, दिगोपन, र प्राविधिक विकासप्रतिको कम्पनीको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

लिट्मस इन्डस्ट्रीजले घरायसी तार, औद्योगिक केबल र वातावरण मैत्री हलोजन–रहित इकोवायर लगायत विभिन्न उच्च गुणस्तरीय उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।


Author

थप समाचार
x