‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

काठमाडौँ- क्लोदिङ ब्राण्ड ‘चुज मी’ ले आफ्नो दोस्रो आउटलेट (शाखा) काठमाडौँमा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच भव्य रुपमा सुरुवात गरिएको हो ।
कार्यक्रममा प्रथम मिस नेपाल रुवी राणा,ग्राहकहरु, पत्रकारहरुको सहभागितामा नयाँ आउटलेट सञ्चालनमा आएको हो । पछिल्लो समय ग्राहकको रोजाइमा पर्दै आएको चुजमीले उपभोक्ताको मागलाई ध्यानमा राख्दै काठमाडौँमा पनि सञ्चालनमा ल्याएको सञ्चालिका रिना जोशीले बताइन् ।
चार बर्ष अघि स्थापना भएको चुज मी को पहिलो शाखा पाटन मंगलबजार मा सञ्चालनमा रहेको छ । चुज मी मा विशेष गरी महिला (फिमेल)हरुको लागि विभिन्न डिजाइनका कपडाहरु सुपथ मूल्यमा उपलब्ध रहेको सञ्चालिका जोशीले बताइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया