वातावरण

काठमाडौँ उपत्यकासहित विभिन्‍न ठाउँमा वर्षा, तर प्रदूषण हट्दैन !

इकागज |
चैत १८, २०७७ बुधवार १८:५० बजे

फाइल फोटो

काठमाडौँ : उपत्यकासहित देशका पहाडी भेगमा हल्का वर्षा भएको छ । काठमाडौँ उपत्यका, नगरकोट, काभ्रेको धुलिखेल लगायतका ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद शान्ति कँडेलका अनुसार उपत्यकासहित कास्की लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ । यो वर्षा क्षणिक भएको मौसमविद कँडेलले बताइन् । वर्षा भएपनि तत्काल काठमाडौँ उपत्यका लगायतका ठाउँमा देखिएको वायु प्रदूषण भने हट्ने सम्भावना छैन ।


यो वर्षाले वनमा लागेको डढेलो निभाउन नसक्ने उनको भनाई छ । क्षणिक वर्षा भएकाले डढेलो निभाउन पर्याप्त नहुने उनको भनाई छ । वर्षापछि फेरि डढेलोका कारण धुवाँ र धुलोका कणहरु वायुमण्डलको सतहमा रहने भएकाले पूर्ण रुपमा तत्काल प्रदूषण नहट्ने मौसमविद कडेँलले बताइन् । 

‘वर्षा भएपनि यसले वनमा लागेको डढेलो निभाउँदैन’ उनले इकागजसँग भनिन्, ‘त्यसैले केही क्षण वर्षा भएपनि डढेलोका कारण धुवाँ र धुलोका कणहरु फेरि वायुमण्डलमा थुप्रिन्छन् । सोही कारण तत्कालै प्रदूषण पूर्ण रुपमा हट्ने सम्भावना कम छ ।’ 


Author

थप समाचार
x