नाम्चेमा 'जलवायु परिवर्तनले महिलामा परेको असर’ विषयक अन्तर्क्रिया हुने
काठमाडौँ- अन्तर्राष्ट्रिय नारी दिवसरको अवसरमा सगरमाथाको नाम्चेमा जलवायु परिवर्तनले महिलामा परेको असर’ विषयमा अन्तर्क्रिया हुने भएको छ । फागुन २५ गते ‘ड्रिफ्रेन्टयल इम्प्याक्ट अफ क्लाइमेट्स चेन्ज अन वुमन’ शीर्षकमा सगरमाथाकै नाम्चेमा सेमिनार हुने भएको हो ।
कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल, राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री विमला राई पौड्याल र नेपालस्थित युएई दूतावासको प्रतिनिधि समावेश हुने भए आयोजक संस्था साथसाथैले जानकारी दिएको छ । २४ गते स्याङबोचेमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिबीच छलफल हुने अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।
गत वर्ष सगरमाथाको काला पत्थरमा जलवायु परिवर्तनका असर विश्वलाई ध्यानाकर्षण गराउन कालापत्थर घोषणापत्र गरिएको थियो । यसपटक पनि साथसाथै र युएई दूतावासको विशेष सहयोगमा जलवायुको क्षेत्रमा चेतना फैल्याउन विशेष कार्यक्रम हुन लागेको हो ।
चैत ३ गते ‘सिरियसनेस अफ क्लाइमेट चेन्ज एन्ड क्लाइमेट जस्टिस’ शीर्षकमा राष्ट्रिय स्तरको बृहत् अन्तर्क्रिया हुने अध्यक्ष कार्कीले जानकारी दिइन् । कार्यक्रम युएई दूतावास, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडीपी, इसिमोड, एनटिएनसी, बेकर्सडन, सम्बन्धित स्थानीय तह र संघ संस्थासँग सहकार्यमा हुनेछ ।
‘कार्यक्रममार्फत् हामीले जलवायु परिवर्तन सम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन कोप-२८ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्त्वका साथ यस क्षेत्रका समस्या उजागर गरोस भनी सम्बन्धित निकायलाई दबाब दिन्छौ,’ उनले भनिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया