वातावरण

एक वर्षमा एक सय १७ जनावर मरे

इकागज |
साउन ७, २०८० आइतबार २१:४६ बजे

फाइल फोटो

चितवन - गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन् । निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन् ।
 
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका जनावरमध्ये प्राकृतिक कारणले मरेका धेरै रहेका छन् । उनका अनुसार प्राकृतिक कारणले ८० जनावर मरेका छन् । कुकुरले टोकेर २६ वटा जनावर मरेका छन् । यस क्षेत्रमा सो समयमा ५५ वटा चित्तल, चोरीशिकारीबाट दुईसहित २२ वटा गैँडा, घडियाल गोही नौ वटा, जरायो सात वटा, गौरी गाई, अर्ना र बाघ तीनरतीन वटा मृत फेला परेका छन् ।
 
हात्ती, बँदेल, कछुवा, मगरगोही र रतुवा दुईरदुई वटा मृत अवस्थामा भेटिएको उनले बताए । दुम्सी, स्याल, धनेश, लगुना, जरायो, चितुवा एक÷एक वटा मृत अवस्थामा भेटिएका हुन् । सोही समयमा एक सय ४२ वटा जनावरको उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । जसमध्ये अजिङ्गर ८६ वटा, सर्प १९ वटा, चित्तल १३ वटा, गैँडा र बाघ छरछ वटा, घडियाल गोही पाँच वटाको उद्धार गरिएको छ । यस्तै कछुवा दुई वटा, गोहोरो, सालक, मगर गोही, जरायो र सुन गोहरो एकरएक वटाको उद्धार गरिएको तिवारीले जानकारी दिए । 

उद्धार गरिएकामध्ये एउटा बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज, एउटालाई चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको छ । अन्य बाघ निकुञ्जको खोरमा राखिएको उनले बताए । अन्य जनावरलाई उनीहरुको अवस्था हेरी सुरक्षित बासस्थानमा छोडिएको छ । रासस



Author

थप समाचार
x