वातावरण

मौसम विश्लेषण

प्रदेश-१ र २मा भारी वर्षाको सम्भावना

इकागज |
जेठ १६, २०७८ आइतबार ६:२० बजे

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखा  प्रदेश-१ र २मा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । आगामी २४ घण्टाका लागि मौसमी चेतावनी तथा परामर्श सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको हो ।

महाशाखाले आफ्नो मौसम विश्लेषणमा भनेको छ, 'प्रदेश १, प्रदेश २ एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले लामो समयावधि वर्षा भइसकेपछि हुने धेरै असरहरूबाट बच्न/बचाउन र आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।'


आगामी तीन दिनको मौसम पूर्वानुमान 

आइतबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ । 

राति : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १,प्रदेश २ बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश १ र प्रदेश २ का  एक/ दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेशका १ का एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।

मंगलबार

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरूमा मेघगर्जन / चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेशका ५ को एक/ दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


Author

थप समाचार
x