वातावरण

देशका धेरै ठाउँको मौसम सफा

इकागज |
जेठ १९, २०७८ बुधवार ८:१९ बजे

काठमाडौँ : बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । केही ठाउँमा मौसम बदली भएपनि धेरै ठाउँको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ का केही ठाउँमा बादल लागे पनि अन्य स्थानको मौसम सफा छ।

भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रका कारण प्रदेश १ का केही स्थानमा बादल लागेको र स्थानीय वायुका मौसम बदली भएपनि धेरै ठाउँमा सफा देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Author

थप समाचार
x