वातावरण

धेरै ठाउँमा मौसम सफा, केही ठाउँमा बदली

इकागज |
जेठ २०, २०७८ बिहीबार ७:४१ बजे

काठमाडौँ : आज पनि देशका धेरै ठाउँको मौसम सफा देखिन्छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । तर केही ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

विभागका अनुसार पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा मौसम बदली भएको हो ।


लुम्बिनी प्रदेशका थोरै भू–भागका साथै देशका पहाडी भू–भागमा आंशिक छ भने बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । अरु केही ठाउँमा भने हावाहुरी, चट्याङसहित मेघगर्जन हुने सम्भावना रहेको विभागले जनाएको छ । 


Author

थप समाचार
x