वातावरण

तराईमा हुस्सु र कुहिरो, हिमालमा हिउँ पर्ने

इकागज |
माघ ७, २०८० आइतबार ६:३२ बजे

फाइल फोटो

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरूमा हुस्सु र केही स्थानहरूमा कुहिरो लागेको छ। 


दिउँसो  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने कोशी,,बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागको मौसम  सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 


Author

थप समाचार
x