काठमाडौँमा छिटपुट वर्षाको सम्भावना
काठमाडौँ- काठमाडौँ उपत्यकामा मौसम बदली भएसँगै छिटपुट वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशका केही स्थानमा बदली भएको हो ।
मंगलबार साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन । काठमाडौँमा भोलि र पर्सिको मौसम सामान्य रहने महाशाखाले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया