वन्यजन्तु पालनका लागि नयाँ मापदण्ड (सूचनासहित)
काठमाडौँ - सरकारले व्यावसायिक रुपमा वन्यजन्तु पालन तथा प्रजनन तथा उपभोग सम्बन्धी नयाँ मापदण्ड तोकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नयाँ मापदण्ड अनुसार गर्न सूचना जारी गरेको हो ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयबाट २०८० भदौ १८ गते व्यावसायिक रुपमा वन्यजन्तुको पालन, प्रजनन तथा उपभोग सम्बन्धी मापदण्ड २०८० स्वीकृत भएको थियो ।
सोही मापदण्ड अनुसार २०८० को प्रक्रिया पूरा गरी २०८१ भदौ १७ भित्र विभागबाट अनुमति वा पुनः अनुमति लिन सूचनामा भनिएको छ ।
अन्यथा विभागबाट दिइएको अनुमति स्वतः खारेज हुने जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया