Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

वातावरण

चितवन राष्ट्रिय निकुञ्‍ज: दुई सय २२ जनावरको उद्धार, ७६ जनावर मरे

इकागज |
साउन ७, २०८१ सोमबार ८:१९ बजे

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल  छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा  कुकुरको आक्रमणबाट दुई र  २२ प्राकृतिक कारणले २४ चित्तल  मरेका थिए ।

यसैगरी सो अवधिमा  गैँडा २१ मरेका छन्  । ती मध्ये १८  प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा ६ वटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।


यसै अवधिमा घडियाल गोही दुई वटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुई वटा अन्य जनावर प्राकृतिक कारणले मरेको सूचना अधिकारी  तिवारीले बताए । 

मृतावस्थामा भेटिएका जनावरमध्ये ७०  जनावर प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुई वटा कारण खुल्न नसकेको उनले जानकारी दिए । 

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् । ३३  सर्प, ११–११  बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । 

 चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावर नौ वटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । 


Author

थप समाचार
x