वातावरण

कस्तो छ आजको माैसम, कहाँ हुँदैछ भारी वर्षा ?

इकागज |
साउन २९, २०८१ मंगलबार ६:४ बजे

फाइल फाेटाे

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । 

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  


कोशी,  बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका  एक/दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ। 

आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 


Author

थप समाचार
x