वातावरण

देशका अधिकांश भेगमा बिहानैदेखि वर्षा

इकागज |
असोज ९, २०८१ बुधबार ६:३२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँसहित देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

 


आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 
कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मनसुन सक्रिय भएसँगै आगामी केही दिन देशभरको मौसममा परिवर्तन आएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।


Author

थप समाचार
x