काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी
तस्विरः फाइल फोटो
काठमाडौँ- काठमाडौं उपत्यकाका अधिकांश नदीमा बाढी आएको छ । बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको हो ।
वाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोंगबु बसपार्क जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरको छ । अन्य नदी तथा खोलामा पनि बाढी आएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूले रातिसम्मै उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया