झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा
तस्विरः फाइल फोटो
काठमाडौं- शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ ।
महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाले आइतबारसम्म बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया