वातावरण

कस्तो छ आजको मौसम ?

इकागज |
कात्तिक १२, २०८१ सोमबार ६:१८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक  बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।


आज दिउँसो कोशी प्रदेश लगायत देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।कोशी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशका पहाडी भू-भागका  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरको छ ।


Author

थप समाचार
x