वातावरण

आजको मौसमः सुदुरपश्चिममा हल्का बर्षा हुन सक्ने, अन्त सफा

इकागज |
माघ २, २०८१ बुधबार ६:२० बजे

फाइल फोटो

काठमाडौं- हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम  मुख्यतया  सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।


दिउँसो देशभर आंशिक बदली देखि मूख्यतया सफा रहने छ ।  राती भने लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको संभाबना रहेको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


Author

थप समाचार
x