वातावरण

कोदारीको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएपछि हेलिकप्टरबाट पानी हालेर निभाउँदै गाउँपालिका

इकागज |
माघ २०, २०८१ आइतबार ११:५३ बजे

सिन्धुपाल्चोक माघ २० भोटेकोसी गाउँपालिका २ कोदारिको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएपछि भोटेकोसी गाउँपालिकाले हेलिकप्टरको सहायताबाट आगो नियन्त्रणको काम थालेको छ ।

शुक्रबार सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्बर २ मा पर्ने कोदारीको जङ्गलमा लागेको आगोलाई आइतबार सम्म नियन्त्रणमा नआएपछि भोटेकोसी गाउँपालिकाले हेलिकप्टरको सहायताबाट आगालागी नियन्त्रणमा लिने काम गरिरहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए ।


शुक्रबार लागेको आगो केही नियन्त्रणमा आउने देखिए पनि नियन्त्रणमा नआएपछि आज बिहानै आफूले हेलिकप्टर लिएर आकाशबाट पानी हालेर नियन्त्रण गर्न प्रयास गरिरहेको अध्यक्ष शेर्पाले बताए । अरनिको राजमार्ग सीमा क्षेत्रको माथिल्लो भेगमा आगो लागेको हो, आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगलागी ठुलो हुँदै गएपछि यसले वन जङ्गलमा भने क्षति गरेको छ अध्यक्ष शेर्पाले भने अहिले हामीले नेपाल, प्रहरी , सशस्त्र प्रहरी बल र नेपाल आर्मीसँग समन्वय गरेर आगो नियन्त्रणमा लिने काम गरिरहेको अध्यक्ष शेर्पाले बताए ।

'अहिले निभाउने काम भइरहेको छ, अध्यक्ष शेर्पाले भने, आज दिउँसो सम्म आगो नियन्त्रणमा आउने शेर्पाले बताए । आगलागीबाट हिमाली भेगमा पाइने विभिन्न जडिबुटी जलेर नष्ट भएका छन ।- निरोज चौलागाईं

 


Author

थप समाचार
x