कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
फाइल फाेटाे
कञ्चनपुर - कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला परेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र किसान मध्यवर्ती सामुदायिक वनको खरको झारमा पाटेबाघ जलेको अवस्थामा फेला परेको हो । बेलडाँडी गाउँपालिका–५ गौशालाको उत्तरतर्फको खरमा आगलागी हुँदा बाघको मृत्यु भएको आशंका गरिएको छ।
घटनास्थलमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली पुगेको छ। बाघको मृत्यु र आगलागीको कारणबारे अनुसन्धान अगाडि बढाइएको बताइएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया