वातावरण

जलवायु परिवर्तन : नेपाल किन चनाखो हुनुपर्छ ?

इकागज |
मंसिर १९, २०७७ शुक्रबार १८:९ बजे

काठमाडौँ : जलवायु परिवर्तनले पार्ने असरलाई नेपाल जस्तो मुलुकले कम आँकलन गर्न नहुने सुझाव विज्ञहरूले दिएका छन् । दिगो विकास लक्ष्यमा जलवायु परिवर्तनले ठूलै असरपर्ने हुनाले त्यसलाई ध्यानमा राखेर सरकारले आफ्नो नीति नियम तर्जुमा गर्नसमेत उनहरूले सरकारलाई आग्रह गरेका हुन् ।

अमेरिकी सरकरको छात्रबृत्तिमा अध्ययन गरेर फर्केकाहरूले जलवाय परिवर्तनले नेपालमा पार्ने असरबारेमा ठूलो अध्ययन र अनुसन्धान नै हुन नसकेको भन्दै सरकारले उच्चप्राथमिकतामा राख्नपर्नेमा उनीह्रूको जोड थियो । त्यसको लागि सरकारले ठोस कदम समेत चाल्न आवश्यक छ ।


हम्फ्रे फेलो एसोसिएसन र अमेरिकी दूतावासले कोभिडका कारण भर्चुअल माध्यमबाट आयोजना गरेको ‘जलवायु परिवर्तनः यसको महत्व’ विषयक अन्तरक्रियामा ति विज्ञहरूले नेपाल सबैभन्दा जोखिममा पर्ने मुलुक भएको औल्याएका थिए । त्यसका लागि सरकारले उचित कदम चाल्न पर्नेमा उनीह्रूको जोड थियो ।

नेपाल विज्ञान र प्रविधि एकेडेमीका पूर्व उपकुलपति डा. जिबराज पोखरेलले नेपालले जलवायु परिवर्तनको सवालमा अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा जोड दिनुपर्ने बताए । भविष्यमा आइलाग्ने जलवायु परिवर्तनको असरको सामना गर्न रणनीति बनाउनुमा उनले जोड दिएका थिए ।

‘नेपालमा आगलागी, बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोपहरूको समुचित संख्या देखिएको छ,’ जलवायु परिवर्तनको असरबाट नेपालको भूगोल कमजोर छ । डा. इनु प्रधान सालिखे, इन्स्टिच्युट अफ इन्जिनियर विभागका सहायक प्राध्यापकले शहरी पूर्वाधारहरूलाई भविष्यको चुनौतीहरूको सामना गर्न सक्ने गरी बनाउनु पर्नेमा जोड दिए ।

एसएनडीई कार्यक्रम संयोजक तथा एकीकृत हिमाली विकास केन्द्रका प्रमुख अर्थशास्त्री डा. मणि नेपालले भने, दक्षिण एसियाका सहरहरूले तीव्र सहरीकरण, कमजोर संरचना र मौसमको कारणले पानीको निकासको गम्भीर समस्या भोगिरहेको बताए ।

नेपालको भरतपुर र बंगलादेशको सिल्हेटमा गरिएको अध्ययनसमेत प्रस्तुत गर्दै जलवायु परिवर्तनले नेपालमा पार्ने असर गर्ने बताए । हिमालयन जलवायु पहलका प्रमुख कार्यकारी अधिकारी शिल्शीला आचार्यले पनि हरित रोजगारीलाई प्रबर्धन गर्ने लगायत दिगो जीवनशैली अपनाउनु पर्ने बताए । त्यस तर्फ सरकारको ध्यान जान आवशयक रहेको उनले बताइन । जलवायु परिवर्तनको बारेमा गत साता  गरिएको उक्त कार्यक्रममा यस्ता धारणा राखिएका हुन । हम्फ्रे फेलो र अमेरिकी दूतावासको यो तेस्रो नीतिगत संवाद कार्यक्रम हो । 


Author

थप समाचार
x