वातावरण

हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

इकागज |
मंसिर १८, २०७८ शनिबार ६:५१ बजे

फाइल फोटो

काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा आंशिक बदली तथा हिमपातको सम्भावना बढेको हो ।

शुक्रबार पनि उपत्यकासहित केही ठाउँमा हल्का पानी परेको थियो । वर्षा र हिमपातका कारण पर्वतारोहणमा जान विशेष ध्यान दिन समेत पर्यटकलाई महाशाखाले आग्रह गरेको छ ।



Author

थप समाचार
x