भद्रगोल सिंहदरबारका १० अनौठा दृश्य
काठमाडौँ - सिंहदरबार देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरबार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन । सिंहदरबार भद्रगोल छ ।
१.सडक पेटीमै पाकिङ
सिंहदरबारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पार्किङ स्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ ।
सिंहदरबारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।
२.फोहोर सडक पेटी
सिंहदरबारका सडक पेटीमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामाग्री सिंहदरबारको फुटपाथमा भेटिन्छन् ।
३.पार्किङ नै कवाडीखाना
सिंहदरबारका सबैजसो पार्किङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।
४.उजाड फूलबारी
सुख्खा मौसम सुरु भएसँगै सिंहदरबारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरबारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।
५.कुकुर सुत्ने सडक
सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्यान्टिनका बासी खाना उपलब्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।
६.फ्याँकिएका फर्निचर
सिंहदरबारको सौन्दर्य बिगार्ने यहाँ यत्रतत्र फ्याँकिएका फर्निचर पनि हुन्। कतिपय कार्यालयको भर्याङ, वरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन्
७.पुराना कागजपत्र
मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ ।
८.मन्त्रालय अगाडि फोहोरको डंगुर
सिंहदरबारको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।
९.सिंहदरबरभित्र मुद्रण विभागको साइन बोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।
१०. केरा फल्यो
सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।
न्युज कारखाना
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया