वातावरण

सुख्खा मौसम भएकाले पर्याप्त पानी पिउन विभागको आग्रह

इकागज |
मंसिर २९, २०७८ बुधबार १७:५ बजे

फाइल फोटो

काठमाडौं - मौसम तथा जलवायु विभागले ‘सुखा मौसम’ले गर्दा स्वास्थ्यमा समस्या आउने भन्दै पर्याप्त पिउन आग्रह गरेको छ । उसले बुधबार सामाजिक सन्जालमार्फत् ‘सापेक्षिक आद्रता ३० प्रतिशतको आसपास’ भएको हुँदा स्वाथ्यमा ख्याल गर्नका साथै पर्याप्त पानी पिउन आग्रह गरेको हो ।

‘विगत २÷३ दिनदेखि विशेष गरी नेपालको शहरी क्षेत्रहरुमा दिउँसो सापेक्षिक आद्रता ३० प्रतिशतको आसपासमा रहेकाले दिउँसो मौसम सुख्खा भइरहेकाले स्वास्थ्यमा असर पर्न सक्ने देखिन्छ । तसर्थ, पर्याप्त पानी पिउनुहुन अनुरोध छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 



Author

थप समाचार
x