वातावरण

हिमपातले दार्चुलाका स्थानीयको जनजीवन कष्टकर

इकागज |
पुस १४, २०७८ बुधबार १७:५० बजे

दार्चुला -  दार्चुलामा  मंगलबार राति १ बजेबाट परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । भारी हिमपातले उच्च हिमाली बस्तीका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । सबैभन्दा बढी दार्चुलाको मालिकार्जुन गाउँपालिका ,व्यास गाउँपालिका र नौगाड गाउँपालिकामा ४ फिट बाक्लो हिमपात भएको छ भने छिमेकी जिल्ला बैतडीको खोड्पेमा पनि बाक्लो हिमपात भएको छ ।

चिसोले जनजीवन कष्टकर बन्नुका साथै दैनिक कामकाजमा समेत समस्या भएको व्यास गाउँपालिकाका स्थानीयय पदम भट्टले बताए । उनले भने, ‘भारी वर्षाले ग्रामीण सडकहरु बन्द हुनुका साथै ४÷५ फीट हिउँ परेको छ ।’ दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड,अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात परेको छ । हिजो अस्तिदेखि चिसो अत्याधिक बढेको थियो चिसो बढे सँगै हिमपात परेको छ । अब चिसोले गर्दा विद्यालय समेत २ हप्ताकोलागी बन्द गर्नुपर्ने स्थिति आएको छ ।


सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न  क्षेत्रमा रातिदेखि हिमपात सुरु भएपछि जन जिवन कष्टकर बनेको छ । हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । 

ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा नम्बर २को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरुमा हिउँ परेको छ । कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् ।

तिंकरगाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ । ‘विद्यार्थीहरुको पढाईलाई मध्य नजर गरेर परीक्षा सकेका छौं । चिसो बढेकाले अब २ हप्ता जाडो बिदा गर्नुपर्छ । ब्यास गाउँपालिका क्षेत्रका सम्पूर्ण स्कुलहरु बन्द हुन लागेको छ’ सम्पाल माविका प्रधानाध्यापक बल्देब सिंह धामीले बताए । 

यस्तै हिमपात नहुँदा आफ्नो खेतबारीमा लगाएको हिउँदे बाली जौँ, गहुँ तोरीको उत्पादन कम हुने चिन्तामा परेका स्थानीयबासी भने हिउँ पर्दा खुसी भएका छन् ।  हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने कृषक विक्रम सामन्तको भनाई छ । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला पानी पर्दा दार्चुला,बैतडीका   किसानहरु खुशी भएका छन् । पिउने पानीको समस्या भएका बेला आकासबाट पानी पर्दा केहि राहात भएको बैतडी खानेपानीमा कार्यरत कर्मचारी अमरेश ठगुन्नाले बताए, उनले भने बर्षा र चिसोले जनजीवन कष्टकर भए पनि कृर्षि बालीमा भने फाईदा पुगेको बताए ।  


 


Author

थप समाचार
x