बाघ बढेपछि बर्दिया राष्ट्रिय निकुञ्जले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार
फाइल फोटो
काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जितेको छ । बाघ संरक्षणमा योगदान गर्नेलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँगै भारतको सत्यमंगलम टाइगर रिजर्भले पाएको हो ।
सन् २०१० पछि यी दुई निकुञ्जले बाघको सङ्ख्या दोब्बर बनाउन उल्लेखनीय भूमिका खेलेको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई अन्तराष्ट्रिय पुरस्कार दिइएको डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या सन् २००९ मा २० भन्दा कम थियो सन् २०१८ मा भने झण्डै ९० पुगेको छ । यस्तै भारतको सत्यमंगलममा ८० जति बाघ छन् । जहाँ यसअघि ३० वटा मात्रै बाघ रहेका थिए ।
सेप्टेम्बरमा रुसमा हुने ‘दोस्रो ग्लोबल टाइगर समिट’मा बाघ संरक्षणमा योगदान पुर्याएर विजेता बनेका निकुञ्जलाई पुरस्कार दिइनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया