वातावरण

काठमाडौँका डाँडामा हिमपात

इकागज |
माघ २१, २०७८ शुक्रबार १२:१५ बजे

फाइल फाेटाे

काठमाडौँ - गए रातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका डाँडाहरुमा सिताम्मे हिउँ परेको छ । राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको चन्द्रागिरी, फुल्चोकी, शिवपुरीलगायत स्थानमा आज बिहानैदेखि हिमपात भएको हो ।

 चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए । 


गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।


Author

थप समाचार
x