वातावरण

तीन दिनसम्म तराईमा बाक्लो हुस्सु, हिमालमा हिमपात !

इकागज |
माघ १७, २०७७ शनिबार ९:१० बजे

काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जनाएको छ । शनिबारदेखि सोमबारसम्मको तीन दिने मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले तराईमा बाक्लो हुस्सु लाग्ने र हिमालमा हिमपात हुने जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान तराईमा हुस्सु र कुहिरो लागेको छ । यस्तै पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो मौसम सफा रहे पनि बिहान, बेलूकी र राती भने मौसमी बदली हुने गरेको महाशाखाले जनाएको छ ।


यस्तै आइतबार र सोमबार बिहान पनि तराईमा हुस्सु र हिमालमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो घाम लाग्ने भएपनि तराईमा हुस्सु र हिमालमा हिमपातले बिहान बेलूकी चिसो समेत बढेको छ । तराईमा बाक्लो हुस्सु र कुहिरोले गर्दा आन्तरिक उडान समेत प्रभावित भएका छन् । 
 


Author

थप समाचार
x