वातावरण

चितवन राष्ट्रिय निकुञ्‍जमा शंकरप्रसाद हात्तीको मृत्यु

इकागज |
माघ २५, २०७७ आइतबार १९:१६ बजे

फाइल तस्बिर

काठमाडौँ  :  चितवन राष्ट्रिय निकुञ्‍जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्‍ज को लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्‍ज ले जनाएको छ । यही माघ २१ गतेदेखि बिरामी भएको शङ्करप्रसादको मृत्यु भएको निकुञ्‍ज का सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

हिन्दू धर्मअनुसार हात्तीलाई भगवान गणेशको प्रतीकका रूपमा मानिने भएकाले मृतक शङ्करप्रसादको धार्मिक परम्पराअनुसार पूजापाठ गरी अन्त्येष्टि गरिएको अधिकारीले बताए । चालु आव २०७७/७८ मा शङ्करप्रसादसहित चितवन राष्ट्रिय निकुञ्‍ज मा पाँचवटा घरपालुवा हात्तीको मृत्यु भएको अधिकारीले बताए । 


यसैगरी निकुञ्‍ज को मुख्य क्षेत्र मानिने माडीको बगाई सेक्टरअन्तर्गत घाँगर भन्‍ने स्थानमा सडेको अवस्थामा मृत गैँडा भेटिएको छ । अधिकारीका अनुसार माघ १३ गते अन्दाजी ४० वर्षको गैँडा सडेको अवस्थामा मृत भेटिएको हो । योसँगै चालु आव २०७७÷७८ मा चितवन राष्ट्रिय निकुञ्‍ज मा २३ वटा गैँडाको मृत्यु भएको अधिकारीले बताए ।  


Author

थप समाचार
x