वातावरण

तीन दिनको मौसम पूर्वानुमान

मेघ गर्जन, चट्याङ, हावाहुरी र हल्का वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

इकागज |
चैत १, २०७७ आइतबार ८:२९ बजे

काठमाडौँ : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ,हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टाको मौसम विश्लेषण गर्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो।

पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव नेपाली भूभागमा देखिएको छ । हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भहागको मौसम सामान्यतया सफा रहनेसमेत जनाइएको छ ।


आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा  रहने छ ।   प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । 

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति :  देशको पहाडी भू-भागहरुमा आंशिक बदली  रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 

 

 


Author

थप समाचार
x