वातावरण

वन डढेलो सचेतना सप्ताह मनाइयाे

इकागज |
चैत १३, २०७८ आइतबार २१:१० बजे

काठमाडाैँ - बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले वन डढेलो सचेतना सप्ताह मनाएको छ । चैत ७ गतेदेखि १३ गतेसम्म वन डढेलो सचेतना सप्ताह मनाएको हो।

नेपालमा केही वर्ष यता वन डढेलो अपवाद वाहेक हरेक वर्षको नियति एवं एक गम्भीर रुपमा देखा परिरहेको र वन डढेलो तथा बढ्दो तापमानको दुश्‍चक्रिय अन्तरसम्वन्धले थप सामाजिक, आर्थिक तथा वातावरणीय समस्याहरु बढ्दै गएको महसुस भई मन्त्रालयले जिल्लास्थित डिभिजन वन कार्यालयहरुको अगुवाइमा उक्त कार्यक्रम सञ्चालन गरिएकाे हाे ।


बागमती प्रदेशभरका वन क्षेत्रमा डढेलोको मौसमभर निगरानी तथा चनाखो भई कार्यक्रम सञ्चालन गर्नसक्ने वन क्षेत्रको संरचना, आधुनिक सामग्री र दक्ष जनशक्तिको व्यवस्था तथा जवाफदेहिताको प्रणाली विकास गरी स्थानीय स्तरदेखि प्रदेशसम्म प्रभावकारी समन्वयमार्फत स्थानीय सरकार तथा जनसमुदाय, नेपाल प्रहरी, नेपाली सेना तथा राजनैतिक दलहरु समेतको सक्रियता र सहभागितामा कार्यक्रम सञ्चालन हुनु अपरिहार्य रहेकाे  मन्त्रालयले जनाएकाे छ ।


Author

थप समाचार
x