फेसन

सुफिया भुजेललाई ‘मिस युनिभर्स नेपाल’को उपाधि

इकागज |
भदौ १०, २०७९ शुक्रबार १५:१८ बजे

काठमाडौँ- यो वर्षको ‘मिस युनिभर्स नेपाल’को  उपाधि सोफिया भुजेलले प्राप्त गरेकी छिन् । काठमाडौंको याक एन्ड यति होटलमा बिहीबार बेलुका आयोजना भएको भव्य समारोहमा सोफियाले चर्चित सौन्दर्य प्रतियोगिताको ताज पहिरिइन् । उनलाई, पूर्व ‘मिस यूनिभर्स नेपाल’ सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन् । सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गरेकी  छिन् । साथै, उनले अब ७१ औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

उपाधि जितेपछि सोफियाले मिडिया कुराकानीमा भनिन्–‘मैले मिस युनिभर्स नेपालको उपाधि जित्ने सपना बोकेकी थिएँ । विगत १२ दिनदेखिको क्लोज क्याम्प मेरा लागि यो उपाधि जित्न अझै सहयोगी भएको छ ।’


काठमाडौं निवासी २७ वर्षीया सोफियाले सम्पूर्ण घेरा तोडेर अगाडि बढेका महिलाहरु नै आफ्नो प्रेरणाको श्रोत भएको बताएकी छिन् ।यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, नायिका प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी थिए ।

यस्तै, यस बर्षको ‘मिस यूनिभर्स नेपाल’को फस्टरनरअप विपना अधिकारी, सेकेन्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशि र फोर्थ रनरअप मोनालिसा पराजुली हुन सफल भएका छन् ।

कार्यक्रममा ‘मिस यूनिभर्स नेपाल’को केन्द्रिय अध्यक्ष नग्मा श्रेष्ठले सबैलाई धन्यवाद दिएकी थिइन् । चर्चित सौन्दर्य प्रतियोगीता सफल बनाउनका लागि सहयोग गर्ने सबैलाई आगामी दिनमा पनि यस्तै हौसलाको अपेक्षा गर्दछौं, नग्माले भनिन् । उमंग क्रियशनले यो प्रतियोगिताको आयोजना गरेको हो । यो प्रतियोगिताको अन्तिम चरणमा २० जना सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । 


Author

थप समाचार
x