फेसन

मिस टिन नेपालको उपाधी सारालाई

इकागज |
मंसिर ६, २०८१ बिहीबार १८:७ बजे

काठमाडौँ- यस वर्षको १९ औँ ‘मिस टिन’ नेपालको उपाधी सारा पाण्डेले जितेकी छन् ।

बुधबार काठमाडौँ जेसिजले गरेको मिस टिन प्रतियोगितामा नेपाल भ्वाइसको स्टुडियोमा आयोजित कार्यक्रममा उनले मिस टिन नेपालको उपाधी जितेकी हुन् ।


मिस टिन विजेता पाण्डेले ५० हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् ।  शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

त्यसैगरी फस्ट रनर अपमा सुविका उपाध्याय र सेकेण्ड रनर अपमा समृद्धि पोख्रेलले उपाधी हासिल गरेकी छन् । फस्ट रन अपले ३० हजार नगद र सेकेण्ड रनर अपले २० हजार नगर प्राप्त गरेकी छन् ।

शिर्ष उपाधिसँगै उनले मिस फोटोजिनक विधामा ताज र विभिन्न उपहार समेत प्राप्त गरिन् ।

मिस टिन इभेन्टको व्यवस्थापन ३६५ ले गरेको थियो ।

 


Author

थप समाचार
x