निशु शाहलाई ‘मिस ग्रान्ड नेपाल’को ताज
काठमाडौँ - मिस ग्रान्ड नेपाल २०२१को ताज बन्दि सहायता केन्द्रकी निशु कुमारी साहले जितेकी छन् । उनले थप दुई विधामा पनि अवार्ड जितेकी थिइन् । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ५ जना सुन्दरीहरूले ताज लगाएका हुन् ।
निर्णायकहरू राजभाइ सुवाल , जयन सुब्बा मानन्धर , सरोज प्याकुरेल , दीपक घिमिरे र रोस्ना बस्नेतको निर्णयका आधारमा मिस ग्रान्ड नेपालको फरक फरक विधामा ५ सुन्दरीले ताज जितेका हुन । मिस ग्रान्ड नेपाल २०२१ का सबै विजेताहरूले नगद रु ५० हजारका साथै ५० हजार बराबरको सुनको थान्का गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए । योबाहेक विजेता युवतीले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नुका अलावा पाँचै विजताले ग्रान्ड इन्टरनेसनल प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।
मिस ग्रान्ड नेपाल २०२१ मा रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी र राम श्रेष्ठ को भिडियोग्राफी रहेको थियो ।
कार्यक्रममा काठमाडौकी सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपाल , हेटौंडाकी मनिषा छिनाल मिस ल्यान्डस्केपस नेपाल, झापाकी बबिता आचार्य मिस स्कुवा नेपाल ,
पोखराकी प्रमिला विश्वकर्मा मिस मल्टिनेसनल नेपाल घोषित भएका थिए ।
१५६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनीहरू उपाधि जित्न सफल भएका हुन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनी देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस ल्यान्डस्केप इन्टरनेसनल मिस मल्टिनेसनल प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताजसमेत थप गरी ५ जना सुन्दरीलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो ।
अन्य टाइटल विजेता सुन्दरीहरू ः
मिस इनोसेन्ट – यशोदा रेग्मी
मिस एक्टिभ्स – ममता बूढा क्षेत्रि
मिस स्पोन्टेनियस – मनिषा छिनाल
मिस बेस्ट फिगर – ममता मल्ल
मिस पर्सनालिटी – वर्षा राणा
मिस फोटोजेनिक – सपना कार्की
मिस बेस्ट वाक – प्रमिला विश्वकर्मा
मिस मल्टिमिडिया – वविता आचार्य
मिस बेस्ट स्पिच – सोनाली सापकोटा
मिस इन्टेलुक्च्युल – निशु शाह
मिस कोन्जेनियालिटी – निशु कुमारी शाह
मिस ट्यालेन्ट – वविता आचार्य
मिस हार्ड वोर्किङ – सोना कुमारी यादव
मिस फ्रेन्डली – अन्जली थापा–
मिस बेस्ट हेयर – अस्मिता तामाङ
मिस ग्ल्यामर – ममता बुढा क्षेत्रि
मिस बेस्ट स्माइल – डिम्पल खरेल –
मिस बेस्ट स्किन – सुर्जिना श्रेष्ठ
– मिस कन्फिडेन्ट – सोनाली सापकोटा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया