कैलालीमा बाघ जात्रा
अत्तरिया- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आज बाघजात्रा निकालिएको छ । धनगढी उपनगरपालिका–४ स्थित धनगढीको मुख्य बजारमा बाघजात्रा हेर्न ठूलो जमघट लागेको थियो । डडेल्धुरावासीले हरेक वर्ष यसरी नै बाघजात्रा मनाउने गरेका छन् ।
जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको विश्वशान्ति युवा सङ्गठनले जनाएको छ । जात्रामा बाघ, राजारानी, आर्मी, सिकारीलगायत अभिनय गरिएको छ । तत्कालीन वडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिनेजस्ता प्रसङ्गलाई समेटेर स्थानीयले रमाइलो बाघजात्रा प्रदर्शन भएका थिए ।
तत्कालीन समयमा डडेल्धुरा सदरमुकाममा बाघखोर तथा वरपरको बस्तीमा बाघको आतङ्क हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजनाअनुरुप हालको बजार क्षेत्रमा खोर बनाइ बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइँदै आएको छ । जात्रा हेर्नबाट आर्थिक सहयोग पनि जुटाइरहेको छ । अहिले सुदूरपश्चिम प्रदेशको डोटी, डडेल्धुरा र कैलालीमा गरी तीन जिल्लामा यो जात्रा मनाउँदै आइएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया