७ वर्षपछि पशुपतिनाथमा भक्तजनले चढाएका सामग्री बिक्री खुला
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा ७ वर्षपछि भक्तजनले चढाएका सामग्रीहरूको बिक्री तथा खरिद गर्न पाइने कक्ष खुला भएको छ । २०७२ को भूकम्पछि बन्द भएको बिक्री कक्ष कोजाग्रत पूर्णिमाको दिनदेखि पुनः सुरु भएको हो ।
मन्दिरमा चढाइएको सामग्रीहरू प्रसादको रुपमा भक्तजनहरूलाई सहुलियत दरमा बिक्री गरिने पशुपति विकास कोषले जनाएको छ । बिक्री कक्ष विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले उद्घाटन गरेका हुन् ।
बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिणतर्फको पुरानो सप्तमि सत्तलसँगै रहेको कोषले प्रस्ट पारेको छ । बिहान ७ देखि साझ ७ सम्म खुला रहनेछ। पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेका विभिन्न धार्मिक तथा अन्य पुस्तकहरूसमेत बिक्रीमा राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया