छठ पर्वका लागि सिँगारिए भक्तपुरका पोखरी र खोला
भक्तपुर- सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठ पर्व मनाउन भक्तपुरका पोखरी एवं खोला सिँगारिएका छन् ।
छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका हुन् । तराईबाट स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बसाइँ सरेर आएकाले भक्तपुरमा छठ पर्व मनाउन पोखरी सिँगारेको कमलविनायक निवासी आत्मराम श्रेष्ठले जानकारी दिए । उनले छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाउने गरेको बताए ।
छठ पर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन हुने छठ पर्वका लागि भक्तपुर र मध्यपुरथिमिका पोखरी तथा मनोहरा खोला सिँगारिएका हुन् ।
सूर्यलाई अर्घ्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी, हनुमानघाटका त्रिवेणीको जलाशयको किनार, मध्यपुरथिमिको विष्णु कुण्ड र मनोहरा खोला किनारा सिँगारिएका पर्वको तयारीमा जुटेका सप्तरी स्थायी घर भई भक्तपुर व्यापार गरी बस्दै आएका यवती यादवले बताइन् ।
तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले समेत छठ पर्वलाई सहयोग गर्दै आएका छन् । छठको रौनकताले यहाँका पोखरी एवं खोला झिलिमिली भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया