जात्रा-पर्व

भक्तपुरमा मौलिक किसिमले मनाइयाे होली

इकागज |
फागुन २२, २०७९ सोमबार २०:३३ बजे

भक्तपुर- उपत्यकाको भक्तपुरमा पनि भव्य रूपमा मौलिक किसिमले होली पर्व मनाइएको छ ।

भक्तपुरमा दत्तात्रय मन्दिर अघि रहेको भिमसेनको मन्दिरमा रहेको काठबाट बनेको मानव आकारको लिंग अर्थात लग र रातो कपडाले बनाइएको योनी आकारको कपडालाई जुधाएर यौन समागमको संकेत गर्दै होली मनाउने प्रचलन छ । भक्तपुरमा दत्तात्रयस्थित भिमसेन मन्दिरमा राखिएको काठबाट बनेको लग अर्थात लिंगलाई फागु शुक्ल पूर्णिमा अघि अष्टमिका दिन टोल–टोलमा घुमाएर सात दिनसम्म मनाइने होली पर्व सुरु हुने गर्दछ ।


लिंगलाई स्थानीयले टोलटोलमा घुमाएर पुन: मन्दिरको पाटीमा राखेपछि विधिवत रूपमा होली सुरु भएको मानिन्छ ।

यसलाई टोलटोलमा रहेको पसलैपिच्छे घुमाएर पूजा गरी पुन: पाटीमा ल्याएर झुण्डाएपछि हरेक दिन यसको दर्शन गर्न महिला तथा पुरुष आउने जाने र भेटि चढाएर पूजा गर्ने गर्दछन् । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको स्थानीयवासीको विश्वास छ ।

बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । पाटीमा राखेको काठको लिंग हेर्न आन्तरिक र बाह्य पर्यटकको समेत भिड लाग्ने गर्दछ ।


Author

थप समाचार
x