जात्रा-पर्व

बिस्केट जात्राका लागि रथ निर्माण अन्तिम चरणमा

इकागज |
चैत २६, २०७९ आइतबार १५:१८ बजे

काठमाडौँ- भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ ।

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक बिस्केट जात्रा सुरु हुनै लाग्दा रथ निर्माण अन्तिम चरणमा पुगेको हो । भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुनेछ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ ।


प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडिदेखि प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहि आएको छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।

भक्तपुरको बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाइने सिन्दुरे जात्रा र जिब्रो छेड्ने जात्रा पनि प्रख्यात छ ।

 


Author

थप समाचार
x