जात्रा-पर्व

बिस्केट जात्रा : भैरवनाथको रथलाई भक्तपुरको गःहिटी पुर्‍याइयाे

इकागज |
चैत २८, २०७९ मंगलबार १४:५८ बजे

भक्तपुर- बिस्केट जात्राका लागि तानिएको भैरवनाथको रथलाई मंगलबार बिहान भक्तपुरको गःहिटी पुर्‍याइएको छ ।

साेमबार सुरु भएको जात्रामा भैरवको रथ तान्ने क्रममा मध्यराति दत्तात्रयमा पुगेपछि ढुङ्गा हानाहान भएपछि मंगलबार बिहान तानेर गःहिटी पुर्‍याइएको हो । रथ तान्ने क्रममा राती ढुङ्गा हानाहान हुँदा २० भन्दा बढि घाइते भएका छन् । आठ रात र नौ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।


प्यागोडा शैलीमा निर्माण भएको रथलाई सोमबार साँझ थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ रथ तान्न सुरु गरिएको थियो । रथ तान्ने क्रममा माथिल्लो टोलकाले दत्तात्रय नजिक रथलाई पुर्‍याएका थिए । रथलाई राति नै गःहिटी ल्याउनुपर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएकाले दत्तात्रयमै राखेर मंगलबार गःहिटी ल्याइएको हो । 


Author

थप समाचार
x