जात्रा-पर्व

विश्वकर्मा पूजाका लागि सिँगारिँदै मूर्ति (तस्बिरहरू)

अनुज बज्राचार्य |
भदौ २५, २०८० सोमबार १६:३७ बजे

काठमाडौँ : विश्वकर्मा पूजाका लागि मूर्तिहरुको सिँगारिँदै छ । असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि राजधानीलगायतका स्थानहरूमा मूर्तिहरू सिंगारिएकाे हाे ।

ललितपुरको बखुण्डोलमा पनि यतिबेला विश्वकर्मा पूजा गरिने विश्वकर्माको मूर्तिहरु बनाउने काम धमाधम चलिरहेको छ । याे पूजामा फलाम र फलामले बनेका गाडी लगायत सामग्रीको पूजा गर्ने गरिन्छ। 


विश्वकर्मा पूजामा नवदुर्गा भगवती, लक्ष्मी, कुमार र गणेश तथा तिनीहरूका वहानहरूका मुर्ति बनाउने गरिन्छ । विश्वकर्मा पूजाका दिन पूजिने विश्वकर्माको मुर्तिको माग पनि यतिबेला धेरै हुने गरेको छ ।​ मुर्तिकारलाई यतिबेला मूर्ति बनाउन भ्याईनभ्याई छ ।


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x