दसैँ मनाउन गाउँ फर्किनेको लर्को
काठमाडौँ- नेपालीहरूको महान चाड बडा दसैँ मनाउन घर फर्किनेहरूको लर्को लागेको छ ।
शनिबार बिहानैबाट काठमाडौँ उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा घर जानेहरूको लर्को देख्न सकिन्छ । काठमाडौँकाे कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरू आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ ।
दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दसैँ, तिहार, छठ मनाउन काठमाडौँ उपत्यकाबाट घर छोड्नेहरूको संख्या उल्लेख्य हुने गर्दछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया